सचिवको धम्कीबाट नडराउन सरकारलाई पाण्डेको सुझाव
काठमाडौँ । प्रतिनिधि सभा सांसद राजेन्द्र पाण्डेले उच्च पदस्थ कर्मचारीको दबाबमा सङ्घीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियड हटाउन लागेको भन्दै त्यसको विरोध गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभामा बोल्दै सांसद पाण्डेले नयाँ संविधान जारी भएसँगै झन्डै ७५ हजारको सङ्ख्यामा रहेका निजामती कर्मचारीको समस्या समाधान गर्नेगरी आएको विधेयक बल्ल आएपनि कुलिङ पिरियड हटाउन भएको प्रयासबाट सरकार डराउनु नहुने बताए ।
‘त्यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरेका छौ । यो हाउसमा आइसकेको छ । केही समययता उच्च पदस्थ केही कर्मचारीले सम्माननीय प्रधानमन्त्रीसँग गएर दवाब दिएर कुलिङ पिरियड हटाउन खारेज गराउन संयुक्त राजीनामा दिन्छौ भनेर धम्की दिएको सुनेका छौ’, उनले भने, ‘सरकारले यसमा खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवहरूले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले जिम्मेवारी पाउँछन् । धम्कीकाका भरमा नीति निर्माण गर्नुहुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण