संसद् बैठक
रास्वपाले कांग्रेसका वडाध्यक्षले आफ्नो नेतालाई कुटेको विषय संसदमा उठायो
बिहीबार, ०५ असार २०८२, १३ : ३७

समाचार सारांश
- रास्वपाले स्याङ्जामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आफ्ना दुई नेतामाथि आक्रमण गरेको विषय सदनमा उठाएको छ।
- सांसद हरि ढकालले प्रतिनिधिसभा बैठकमा यो विषय उठाउँदै, रास्वपाका नेताहरूमाथि आक्रमण भएको बताए ।
- रास्वपाले घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको र बैठकमा अवरोध गरेको छ।
काठमाडौँ । रास्वपाले स्याङ्जामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आफ्ना दुई नेतामाथि आक्रमण गरेको भन्दै सदनमा कुरा उठाएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद हरि ढकालले यो विषय उठाएका हुन् । दुई दिनअघि आँधीखोला संरक्षण अभियान चलाएका रास्वपा केन्द्रीय सदस्य मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि रड प्रहार भएको थियो ।
रास्वपाले घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । सो धारणा राखेपछि रास्वपाले बैठकमा अवरोध सुरु गरेका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने