शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
शुक्रबार, ०६ असार २०८२, ०१ : ४५
सारांश
- गायिका शिला राईको नयाँ गीत 'उहिलेको माया' सार्वजनिक भएको छ।
- अनिल कोयु राईको शब्द र संगीत रहेको गीतलाई १ लाख ७५ हजारभन्दा बढी दर्शकले हेरेका छन्।
- गीत पुरानो माया र गाउँघरको परिवेश झल्किने खालको छ, जसमा राजेश पुमा राईको निर्देशन रहेको छ।
काठमाडौँ । गायिका शिला राईको ‘उहिलेको माया’ गीत सार्वजनिक भएको छ। अनिल कोयु राईको शब्द र सङ्गीतमा बनेको यो लोकभाका गीतमा शिला राई र अनिलको स्वर रहेको छ।
गत बिहीबार सार्वजनिक भएको गीत १ लाख ७५ हजारभन्दा बढी दर्शकले हेरेका छन् र धेरैले गीतलाई मन पराएको प्रतिक्रिया दिएका छन्।
गायिका राईले यो गीत पुरानो मायाको सम्झना दिलाउने गीत भएको बताएकी छन्। गाउँघरको मेला, डाँडाकाँडाको झल्को दिने गीतलाई वरिष्ठ कलाकार राजेश पुमा राईले निर्देशन गरेका हुन्।
गीतमा पशुपति राई, एलिशा राई, गणेशमान घले, बविन राई लगायतले अभिनय गरेका छन्।
यसअघि उनले उदय सोताङसँग ‘अलिअलि’ र ‘तिमीले भुल्यौ त के भो र?’ गीत गाइसकेकी छन्। उनका गीतहरू ‘शिला राई अफिसियल’ युट्युब च्यानलमा उपलब्ध छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण