शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

शिला राईको ‘उहिलेको माया’ सार्वजनिक

शुक्रबार, ०६ असार २०८२, ०१ : ४५
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • गायिका शिला राईको नयाँ गीत 'उहिलेको माया' सार्वजनिक भएको छ।
  • अनिल कोयु राईको शब्द र संगीत रहेको गीतलाई १ लाख ७५ हजारभन्दा बढी दर्शकले हेरेका छन्।
  • गीत पुरानो माया र गाउँघरको परिवेश झल्किने खालको छ, जसमा राजेश पुमा राईको निर्देशन रहेको छ।

काठमाडौँ । गायिका शिला राईको ‘उहिलेको माया’ गीत सार्वजनिक भएको छ। अनिल कोयु राईको शब्द र सङ्गीतमा बनेको यो लोकभाका गीतमा शिला राई र अनिलको स्वर रहेको छ।

गत बिहीबार सार्वजनिक भएको गीत १ लाख  ७५ हजारभन्दा बढी दर्शकले हेरेका छन् र धेरैले गीतलाई मन पराएको प्रतिक्रिया दिएका छन्।

गायिका राईले यो गीत पुरानो मायाको सम्झना दिलाउने गीत भएको बताएकी छन्। गाउँघरको मेला, डाँडाकाँडाको झल्को दिने गीतलाई वरिष्ठ कलाकार राजेश पुमा राईले निर्देशन गरेका हुन्।

गीतमा पशुति राई, एलिना राई, गणेशमान घले, बविन राई लगायतले अभिनय गरेका छन्।

यसअघि उनले उदय सोताङसँग ‘अलिअलि’ र ‘तिमीले भुल्यौ त के भो र?’ गीत गाइसकेकी छन्। उनका गीतहरू ‘शिला राई अफिसियल’ युट्युब च्यानलमा उपलब्ध छन्।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप