शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका

शुक्रबार, ०६ असार २०८२, १० : ५५
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • रुसी राष्ट्रपति पुटिनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाएका छन् र युद्धविराम सम्झौताको लागि वार्ता गर्न तयार रहेको बताए।
  • पुटिनले जेलेन्स्कीको कार्यकाल समाप्त भएको र सम्झौता वैध अधिकारीहरूले हस्ताक्षर गर्नुपर्ने धारणा राखेका छन्।
  • पुटिनले युक्रेनी अधिकारीहरूको वैधतामाथि शंका व्यक्त गर्दै, सम्झौतामा हस्ताक्षर गर्ने आधिकारिकतामा जोड दिए।

मस्को । युक्रेनसँग युद्धविराम सम्झौताको बारेमा छलफल गर्न तयार रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको वैधतामाथि शंका गरेका छन् । आफू जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको तर उनको राष्ट्रपतिको कार्यकाल आधिकारिक रूपमा समाप्त भएकोले रुस र युक्रेन बिचको कुनै पनि सम्झौता वैध अधिकारीहरूले हस्ताक्षर गर्नुपर्ने उनको अडान छ । 

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको राष्ट्रपतिको कार्यकाल गत वर्ष आधिकारिक रूपमा समाप्त भएको छ । मार्शल ल लागू भएका कारण नयाँ राष्ट्रपति निर्वाचित गर्न सकिएको छैन । वर्तमान परिस्थितिमा आफू पदमा रहन सक्ने तर्क जेलेन्स्कीको छ । तर यस्तो अवस्थामा राष्ट्रपतिको शक्ति संसद्का सभामुखलाई हस्तान्तरण गर्नुपर्छ भनेर संविधानमा भनिएको छ । जेलेन्स्कीले बारम्बार पुटिनलाई भेटघाट गर्न भनिरहेका छन् । 

रुस र युक्रेनबिच युद्धविरामबारे वार्ता हुने सम्भावना छ । सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा, पुटिनले युक्रेनी नेताको वैधतामाथि चिन्ता व्यक्त गरेका थिए । युक्रेन राज्यले आफ्नो तर्फबाट कसैलाई वार्ता सुम्पन्छ भने जेलेन्स्कीलाई आफ्नै इच्छाले नियुक्त गर्न सक्ने तर सम्झौता पत्रमा हस्ताक्षर कसले गर्छ भन्ने प्रश्न उठ्ने उनले बताए । 

प्रचारको सन्दर्भमा कयौँ वर्तमान अधिकारीहरूको वैधताबारे जे पनि भन्न सकिने तर गम्भीर मुद्दाहरूमा आफूहरूले प्रचार नभएर कानुनी पक्षहरूको ख्याल राख्ने उनले बताए । कयौँ युक्रेनी अधिकारीहरू राष्ट्रपतिद्वारा नियुक्त हुन्छन् ।

त्यसैले जेलेन्स्कीको शंकास्पद कानुनी स्थितिले उनको अधीनमा काम गर्नेहरूको अधिकारमाथि शंका उत्पन्न गरेको पुटिन भन्छन् । कुनै सम्झौता भएमा त्यसमा हस्ताक्षर वैध अधिकारीहरूबाट हुनुपर्ने होइन भने आफू पछि जो आउँछ उसले सम्झौतालाई फोहोर फ्याँक्ने भाँडोमा फ्याँकिदिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप