राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
सारांश
- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले राजावादीहरूको आन्दोलन मत्थर भएपछि चक्रपथभित्र र अन्य सार्वजनिक स्थानमा लगाएको निषेधाज्ञा हटायो।
- प्रशासनले जेठ १८ गते जारी गरेको निषेधाज्ञा आदेश खारेज गर्दै भेला, जुलुस, धर्ना र प्रदर्शनमा लगाइएको प्रतिबन्ध हटायो।
- सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीको हस्ताक्षर सहितको सूचनामा निषेध आदेश खारेज गरिएको जानकारी दिइएको छ।
काठमाडौँ । राजावादीहरूको आन्दोलन मत्थर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथभित्र र अन्य सार्वजनिक स्थानमा लगाएको निषेधाज्ञा हटाएको छ । आन्दोलनलाई लक्षित गर्दै विभिन्न सार्वजनिक स्थानमा भेला, जुलुस, धर्ना र प्रदर्शन गर्न लगाएको प्रतिबन्ध लगाएको थियो ।
कार्यालयले आज एक सूचना जारी गर्दै गत जेठ १८ गतेको आदेश खारेज भएको जानकारी दिएको हो। यसअघि प्रशासनले जेठ १८ गते एक आदेश जारी गर्दै काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, 'मिति २०८१-०२-१८ गतेको आदेश मार्फत् निषेध आदेश जारी गरेकोमा हाललाई उक्त आदेश कायम नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण