बेँसीसहर–चामे सडक अवरुद्ध
शुक्रबार, ०६ असार २०८२, १२ : ३६
सारांश
- लमजुङको बेँसीसहर-चामे सडकखण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। ठूला ढुङ्गासहितको पहिरोले गर्दा सवारी साधन बाटोमै रोकिएका छन्।
- लमजुङ मर्स्याङ्दी गाउँपालिका-४ मा पहिरो गएको र यसले गर्दा सडक खुलाउन समय लाग्ने देखिएको छ। यसअघि पनि असार ४ गते पहिरो गएको थियो।
- लमजुङ-मनाङको सिमाना नजिकै दुईवटा ट्रक बिग्रिएका कारण पनि यातायात अवरुद्ध भएको छ। यात्रुहरू गन्तव्यमा जान समस्यामा परेका छन्।
लमजुङ । मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ मा आज बिहान पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, ‘ठूलाठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् ।’ पहिरो ठूलो भएकाले खुलाउन समय लाग्ने उनको भनाइ छ । सो स्थान नजिक यही असार ४ गते पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
त्यस्तै लमजुङ–मनाङको सिमाना नजिक म्यार्दी भिर नजिक सडकमा दुई वटा ट्रक बिग्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ । अहिले सडकमा यातायात सञ्चालनको प्रयास भइरहेको छ । सडक अवरुद्ध भएपछि गन्तव्यमा समयमा पुग्नुपर्ने यात्रुहरुलाई बढी समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण