जसपा सङ्घीय परिषद्को बैठक सुरु
शुक्रबार, ०६ असार २०८२, १३ : ४१
सारांश
- जनता समाजवादी पार्टीको सङ्घीय परिषद्को बैठक काठमाडौंमा सुरु भएको छ।
- बैठकमा संयोजक राजेन्द्र श्रेष्ठले 'समाजवादको नेपाली बाटो' सम्बन्धी प्रस्ताव पेश गर्नेछन्।
- यो बैठक जसपा विभाजनपछि पहिलो हो, जसमा ४१३ सदस्य छन् र भोलिसम्म चल्नेछ।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को सङ्घीय परिषद्को बैठक सुरु भएको छ । शुक्रबारदेखि ललितपुरमा सुरु भएको बैठक शनिबार सम्म चल्नेछ ।
बैठकमा जसपा सङ्घीय परिषद्का संयोजक राजेन्द्र श्रेष्ठले ‘समाजवादको नेपाली बाटो : सङ्घीय समाजवादी पार्टी नीति तथा कार्यक्रम’ सम्बन्धी राजनीति प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सो प्रस्तावमाथि परिषद्का सदस्यहरूले आ-आफ्नो धारणा राख्ने बताइएको छ । सङ्घीय परिषद् ४१३ सदस्यीय रहेको छ ।
२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका थिए । नयाँ पार्टी बनेपछि जसपाको यो पहिलो सङ्घीय परिषद् बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण