राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा
सारांश
- एएफसी महिला एसियन कप २०२६ को छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। प्रशिक्षक प्याट्रिक डे वाइल्डले टोली घोषणा गरेका हुन्।
- टोलीमा डिफेन्डर प्रतीक्षा चौधरी पहिलोपटक परेकी छिन्। नेपाल समूह एफमा रहेको छ, जसमा उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन्।
- नेपालले लाओस, श्रीलङ्का र उज्वेकिस्तानसँग खेल्नेछ। एसियन कप २०२६ मार्चमा अस्ट्रेलियामा हुनेछ।
काठमाडौँ । एएफसी महिला एसियन कप २०२६ को छनोट चरणका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले नेपालको टोली घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार यसपटक टोलीमा डिफेन्डर प्रतीक्षा चौधरी पहिलोपटक स्थान बनाएकी छन् । उज्वेकिस्तानमा हुने एसियन कपमा नेपाल रहेको समूह एफमा उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् ।
हरेक समूहको विजेताले अस्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । प्रतियोगितामा नेपालले पहिलो खेल लाओससँग असार १५ मा खेल्दा दोस्रो खेल श्रीलङ्कासँग असार १८ मा खेल्नेछ । अन्तिम खेलमा नेपालले असार २१ गते उज्वेकिस्तानको सामना गर्नेछ । एसियन कप सन् २०२६ मार्चमा अस्ट्रेलियामा हुँदैछ ।
नेपाली टिम
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना राना मगर
डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोट, प्रिती राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल
फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण