शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा

शुक्रबार, ०६ असार २०८२, १३ : ५८
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • एएफसी महिला एसियन कप २०२६ को छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ। प्रशिक्षक प्याट्रिक डे वाइल्डले टोली घोषणा गरेका हुन्।
  • टोलीमा डिफेन्डर प्रतीक्षा चौधरी पहिलोपटक परेकी छिन्। नेपाल समूह एफमा रहेको छ, जसमा उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन्।
  • नेपालले लाओस, श्रीलङ्का र उज्वेकिस्तानसँग खेल्नेछ। एसियन कप २०२६ मार्चमा अस्ट्रेलियामा हुनेछ।

काठमाडौँ । एएफसी महिला एसियन कप २०२६ को छनोट चरणका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले नेपालको टोली घोषणा गरेका हुन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार यसपटक टोलीमा डिफेन्डर प्रतीक्षा चौधरी पहिलोपटक स्थान बनाएकी छन् । उज्वेकिस्तानमा हुने एसियन कपमा नेपाल रहेको समूह एफमा उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् । 

हरेक समूहको विजेताले अस्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । प्रतियोगितामा नेपालले पहिलो खेल लाओससँग असार १५ मा खेल्दा दोस्रो खेल श्रीलङ्कासँग असार १८ मा खेल्नेछ । अन्तिम खेलमा नेपालले असार २१ गते उज्वेकिस्तानको सामना गर्नेछ ।  एसियन कप सन् २०२६ मार्चमा अस्ट्रेलियामा हुँदैछ । 

नेपाली टिम 

गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना राना मगर

डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोट, प्रिती राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल

फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप