देशलाई मन्दीबाट बचाउनुपर्छ : पुटिन
सारांश
- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई मन्दीमा फस्न नदिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।
- अर्थशास्त्रीहरूले रुसी अर्थतन्त्रमा मन्दी आउने चेतावनी दिएका छन्, जसले सन् २०२५ को पहिलो त्रैमासिकमा सुस्तता देखिने जनाएका छन्।
- पुटिनले रक्षा र ऊर्जा उद्योगले मात्र अर्थतन्त्र धानिरहेको कुरालाई अस्वीकार गर्दै वित्तीय र प्रविधि उद्योगको योगदानको प्रशंसा गरे।
सेन्ट पिटर्सबर्ग । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई कुनै पनि हालतमा मन्दीमा फस्न नदिन अधिकारीहरुलाई निर्देशन दिएका छन् । अर्थशास्त्रीहरूले रुसी अर्थतन्त्रमा मन्दी आउने महिनौँदेखि चेतावनी दिएका छन् र सन् २०२५ को पहिलो त्रैमासिकमा दुई वर्षयताकै सबैभन्दा कमजोर त्रैमासिक सुस्तता देखिएको रुसले जनाएको छ ।
क्रेमलिनले युक्रेनविरूद्धको अभियानका लागि सैन्य खर्च बढाएकाले दुई वर्षको तीव्र आर्थिक वृद्धिपछि यस्तो अपेक्षा गरिएको बताएको छ तर रूसी अर्थमन्त्रीलगायत अधिकारीहरूले आगामी दिनमा हुनसक्ने सम्भावित पीडाबारे चिन्ता व्यक्त गरेका छन् ।
सेन्ट पिटर्सबर्गमा रुसको प्रमुख आर्थिक मञ्चमा पुटिनले भने, ‘केही अर्थशास्त्री तथा वित्तीय व्यवस्था विश्लेषक विशेषज्ञहरूले स्थिरता र मन्दीको जोखिमलाई सङ्केत गरिरहेका छन्। यो कुनै पनि हालतमा हुन दिनु हुँदैन,’ राष्ट्रपति पुटिनले भने ।
उनले भने, ‘हामीले सक्षम, सुविचारित बजेट, कर र मौद्रिक नीति अवलम्बन गर्नुपर्छ ।’ सन् २०२३ र सन् २०२४ मा सैन्य खर्चमा राज्यको भारी खर्चका लागि एक मजबूत विस्तारपछि पश्चिमाहरूको व्यापक प्रतिबन्धको बावजुद पनि रुसी अर्थव्यवस्थामा वृद्धि भएको थियो ।
विश्लेषकहरूले लामो समयदेखि चेतावनी दिँदै रक्षा क्षेत्रमा भारी सार्वजनिक लगानी अब रूसको अर्थव्यवस्थाका लागि पर्याप्त छैन र यसले उत्पादकत्वमा वास्तविक वृद्धिलाई प्रतिबिम्बित गर्दैन ।
शुक्रबार मञ्चलाई सम्बोधन गर्दै पुटिनले रुसको आर्थिक सम्भावनाप्रति उत्साहित रहेको र अर्थतन्त्रलाई रक्षा र ऊर्जा उद्योगले मात्र चलाइरहेको भन्ने कुरालाई अस्वीकार गरे ।
‘निःसन्देह पनि, रक्षा उद्योगले यस सन्दर्भमा आफ्नो भूमिका खेलेको छ तर वित्तीय र प्रविधि उद्योगहरूले पनि यसमा सहयोग गरिरहेका छन्,’ उनले भने । अर्थतन्त्रलाई सन्तुलित वृद्धिको खाँचो रहेको बताउँदै अधिकारीहरूलाई ‘हाम्रा उद्योग, कम्पनी र व्यक्तिगत उद्यमहरूको अवस्था सबै सूचकहरूमा नजिकबाट नजर राख्न’ उनले आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण