बाढी र पहिरोले यी राजमार्गमा अवरोध (सूचीसहित)
शनिबार, ०७ असार २०८२, ११ : २३
सारांश
- नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध बनेका छन्।
- बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ।
- नवलपरासी, रोल्पा र पाल्पाका विभिन्न स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
काठमाडौँ । नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी तथा पहिरो प्रभाव देखिएको छ । यसले गर्दा केही स्थानमा राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
बिहान ११ बजे जारी गरिएको सूचनाका अनुसार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण महेन्द्र राजमार्ग पूर्णरुपमा अवरोध रहेको छ ।
त्यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा घोराही रुकुम सहिद राजमार्ग र पाल्पाको तिनाउ गाउँपालिका–२ को सिद्धार्थ राजमार्ग पहिरोका कारण पूर्णरुपमा अवरोध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण