रास्वपाले दिवङ्गत सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ।
- रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी स्थापना दिवसमा तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
- अर्यालले सञ्चार जगत र पार्टीप्रति आस्था राख्ने नागरिकलाई धन्यवाद दिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ । पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘हामीलाई सुरुका दिनदेखि आजसम्म अहोरात्र स्वदेशमा तथा विदेशमा बसेर भौतिक रूपमा वैचारिक रूपमा साथ दिनुहुने सम्पूर्ण नेपालमा तथा विदेशमा बस्नुहुने तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरू र उहाँहरू समक्ष हाम्रा सूचनाहरू पुर्याउनुहुनेप्रति एकमुष्ट शुभकामना दिन चाहन्छु । केही समयअघि मृत्यु वरण गर्नुभएका सुरेश रजकको परिवारलाई तेस्रो स्थापना दिवसको दिन पारेर तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छौँ ।’
उनले पार्टीका सूचनाहरू जनतासम्म पुर्याउने सम्पूर्ण सञ्चार जगत् र पार्टीप्रति आस्था र विश्वास गर्ने आम नागरिकलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण