बाँकेमा छाला रोगका बिरामी बढ्दै
सारांश
- गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको संख्या बढेको छ। भेरी अस्पतालमा छाला रोग विशेषज्ञका अनुसार बिरामीको संख्या बढ्दै गएको छ।
- नरैनापुर गाउँपालिकामा भारतसँगको सीमा क्षेत्रमा छाला रोगका बिरामीको संख्या बढेको छ। दैनिक ४०-६० बिरामीको जाँच गर्दा २०-२५ जनामा छाला रोग देखिएको छ।
- छाला रोगमा दाद, लुतो, र चिलाउने समस्या देखिएको छ। स्वास्थ्यकर्मीका अनुसार वयस्कदेखि वृद्धसम्म उमेर समूहका मानिस प्रभावित भएका छन्।
नेपालगञ्ज । गर्मी बढेसँगै बाँकेमा छाला रोगका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले गर्मी बढेसँगै भेरी अस्पताल, नेपालगञ्जमा छाला रोगका बिरामी आउने क्रम वृद्धि भएको जानकारी दिए ।
“पहिलेभन्दा सङ्ख्यात्मक रूपमा छाला रोगका बिरामी बढिरहेका छन्”, उनले भने । उनका अनुसार बिरामीको काखी, काछलगायतका स्थानमा दाद आउने समस्या देखिएको छ । डा चापागाईँले ती बिरामी २० देखि ४० वर्ष उमेर समूहका भएको बताए ।
नेपालगञ्ज बाहेक बर्दिया, सुर्खेत, जुम्लालगायतका जिल्लाबाट छाला रोगका बिरामी अस्पताल आउने गरेका छन् । भारतसँग सीमा जोडिएको नरैनापुरमा छाला रोगका बिरामीको सङ्ख्या झन् वृद्धि भएको नरैनापुर गाउँपालिकाको कटकुइया स्वास्थ्य चौकी प्रमुख दिनेशकुमार मौर्यले जानकारी दिए ।
उनले दैनिक ४० देखि ६० जनासम्म बिरामीको जाँच हुँदा सबैभन्दा बढी २० देखि २५ जना छाला रोगका बिरामी फेला परेको बताए । छाला रोगमा सबैभन्दा बढी दाद, लुतो र छाला चिलाउने समस्या देखिएको उनको भनाइ छ । पिलो आउने, घमौरा लगायतका समस्यासमेत देखिएको छ । “हामी नेपाल भारत सीमा क्षेत्रमा छाँै यहाँबाट मानिस भारत जाने आउने गर्छन् र त्यहाँबाट धेरै सङ्क्रमण भएको हुनसक्छ”, मौर्यले भने।
बर्सेनि छाला रोगसम्बन्धी शिविर सञ्चालन भएको र त्यसबाट छाला रोगका बिरामी झन् बढ्दै गएको उनको भनाइ छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, नरैनापुरका जनस्वास्थ्य निरीक्षक नवीन बुढा क्षेत्रीले छाला रोगका बिरामी सबैभन्दा बढी आएको जानकारी दिए।
उनले दैनिक जाँच भएका ५० बिरामीमध्ये २० जना छाला रोगसम्बन्धी बिरामी भेटिएको बताए । उमेरका हिसाबले वयस्कदेखि वृद्धसम्ममा छाला रोगका समस्या देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण