काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल मैदान व्यवस्थित खेल मैदानमा रूपान्तरण हुँदैछ । करिब २५ हजार दर्शक अट्ने क्षमताको आधुनिक खेल मैदान निर्माणका लागि अहिले धमाधम काम भइरहेको छ ।
करिब १८ रोपनीमा बन्न लागेको खेल मैदान २०८१ मङ्सिर १३ गते काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शिलान्यास गरेकी थिइन् । १८ करोड ८७ लाख रुपैयाँ लागतमा शुभ निर्माण सेवाले निर्माण कार्य गरिरहेको छ। मैदानमा कृत्रिम घाँस, पक्की बार, टिम चेजिङ रुम, उपचार कक्ष, शौचालय, पार्किङजस्ता सुविधा समेटिनेछन्।
हालसम्म करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ। मैदानको लम्बाइ ९६ मिटर र चौडाइ ६२ मिटर हुनेछ। २८ वटा चारपांग्रे र १७८ वटा दुईपांग्रे सवारीको लागि पार्किङ स्थान बनाइनेछ ।
_oy5WVs8wda.jpg)
बेसमेन्टमा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय रहनेछन् भने ग्राउण्ड फ्लोरमा चेन्जिङ रुम, फिजियो र फर्स्ट एड कक्ष, खेलाडीका लागि छुट्टाछुट्टै तयारी कोठा निर्माण भइरहेका छन्। साथै नजिकैको ५ रोपनी जमिनमा बास्केटबल, टेबल टेनिस, फुटसल र ब्याडमिन्टन कोर्टसमेत निर्माणको योजना रहेको छ ।
_FSuL7TxK5x.jpg)
निर्माण कार्य २०८२ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_WkTgOtcU77.jpg)
_dWwAJydLYH.jpg)
_eZRWEhI376.jpg)
_ICB2yfVdBk.jpg)
_GAFf73Xn1f.jpg)
_gkgKdV7TqV.jpg)
_7NHsKJc7In.jpg)
_4xJAYYp7y2.jpg)
_KLRZWeQAf7.jpg)
_7tMLE5GcCF.jpg)
_AEUHtytvuY.jpg)
_YRZLkwu2OS.jpg)
_Np8PRqF2YC.jpg)
_lg54BFEEun.jpg)
_ML8lKIyZmt.jpg)
_7kQOXamDBG.jpg)
_Xx0fPTQf8W.jpg)
_jIEdkHc7yq.jpg)
_sI9zVnAfrx.jpg)
_P5Eek78ac2.jpg)
_X6DiC9rkeT.jpg)
प्रतिक्रिया