सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने भारतीय नागरिक नेपालमा पक्राउ
सारांश
- सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्।
- प्रहरीले महिलाको अश्लील तस्बिर तथा भिडियोहरू रेकर्ड गरी नक्कली फेसबुक अकाउन्टमार्फत परिवारलाई पठाएको जनाएको छ।
- पक्राउ परेका व्यक्तिलाई विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भारत, बिहार राज्यका २० वर्षीय अम्मरनाथ कुमारलाई धादिङको धुनिवेशी नगरपालिका–८, खानी खोला क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार आरोपीले फेसबुकमा पीडितसँग साथी बनी म्यासेन्जरमार्फत कुराकानी गर्दै पीडितको अश्लील तस्बिर तथा भिडियोहरू उनको जानकारी बिना नै स्क्रिन रेकर्ड गरेका थिए। ती सामग्रीहरू पछि नक्कली फेसबुक अकाउन्टमार्फत पीडितका परिवारका सदस्यहरूसम्म पठाएर चरित्र हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको हो।
साइबर ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धानको आधारमा आरोपी पहिचान गरी, मिति २०८२ असार ६ गते पक्राउ गरेको हो। पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ।
प्रहरीले आरोपीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण