कोशी प्रदेशस्तरीय बास्केटबलको उपाधि सुनसरीलाई
सुनसरी । कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।धरान बास्केटबल सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा सुनसरीले इलामलाई ८०–७३ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
सुनसरीले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वाटरमा क्रमशः ११, १६, ३१ र २२ अङ्क जोड्दै कुल ८० अङ्क बनाएको थियो भने इलाम क्रमशः २५, १५, ११ र २२ अङ्क जोड्दै कुल ७३ अङ्कमा सीमित रह्यो ।
प्रतियोगिताको विजेता सुनसरीलाई रु दुई लाख ट्रफी र प्रमाणपत्र प्रदान गरियो । उपविजेता इलामले नगद रु एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सुनसरीका सुसन श्रेष्ठ घोषित भए । उनलाई नगद रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरियो । यस्तै, ‘म्यान अफ दी म्याच’ सुनसरीकै कैलाश लिम्बू घोषित भए । प्रतियोगितामा कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण