धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका
सारांश
- धनगढी उपमहानगरपालिका-२ बैयाबेडीमा ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी थिइन्, हत्याको आशंका गरिएको छ।
- मृतकको कोठा बाहिरबाट ताल्चा लगाइएको र घाँटीमा धारिलो हतियार प्रहार भएको पाइएको छ।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र मृतक कञ्चनपुरकी थिइन् र धनगढीमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन्।
धनगढी । धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्याको आशंका गरिएको छ।
सोमवार बिहान धनगढी उपमहानगरपालिका–२ बैयाबेडीमा कोठामा ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी थिइन् ।
तर कोठा बाहिरपट्टीबाट ताल्चा लगाइएको भेटिएकाले हत्याको आशंका गरिएको हो । प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी उनी धनगढीमा खानेपानी संस्था कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन्। तर उनी चार दिनदेखि कार्यालयको सम्पर्कमा नरहेको खुलेको छ ।
उनको शवको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक राजकुमार सिंहले बताए ।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरेर कन्चटमा पनि चोट देखिएको छ। सोमवार घर बेटीले गन्ध आएपछि झ्यालबाट हेर्दा उनी कोठामा उनी मृत अवस्थामा फेला परेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण