आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भविष्यका ‘लिडर’ तयार पार्ने शैक्षिक केन्द्र बन्दै मनास्लु वर्ल्ड कलेज (भिडियोसहित)

प्रमाणपत्रभन्दा जीवनोपयोगी सीप, पाठ्यक्रमभन्दा विद्यार्थीको रुचि र प्रतिभालाई प्राथमिकता
सोमबार, ०९ असार २०८२

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका लाखौँ विद्यार्थी र उनीहरूका अभिभावक यति बेला भविष्यको शैक्षिक यात्राको महत्त्वपूर्ण दोबाटोमा छन् । एसईईको नतिजा आउने क्रमसँगै कुन कलेज रोज्ने, कुन विषय पढ्ने र आफ्नो भविष्य कसरी सुनिश्चित गर्ने भन्ने चिन्ता र चासोले सबैलाई छोएको छ । यही भीडमा काठमाडौँको चाबेलस्थित मनास्लु वर्ल्ड कलेजले आफूलाई एउटा पृथक् र उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्दै लगेको छ, जहाँ विद्यार्थीलाई प्रमाणपत्र मात्र होइन, जीवनभर काम लाग्ने सीप र आत्मविश्वास दिइन्छ ।

‘हाम्रो अभियान भनेको विद्यार्थीको सुनौलो भविष्य निर्माणमा एउटा बलियो साझेदार बन्नु हो,’ स्कुलका प्रिन्सिपल तथा प्रबन्ध निर्देशक राजन श्रेष्ठ भन्छन्, ‘हामी विद्यार्थीलाई केवल पाठ्यक्रम पढाउँदैनौँ, उनीहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराएर भविष्यका लागि सक्षम र सबल ‘लिडर’ तयार पार्छौँ ।’

498941646_1182606170543319_8173783908112119658_n

  • के हो मनास्लु वर्ल्ड कलेजको ‘लिडरसिप’ अवधारणा ?

मनास्लु वर्ल्ड कलेजले आफूलाई ‘अ होम फर फ्युचर लिडर्स’ (भविष्यका नेताहरूको घर) को रूपमा चिनाउँछ । तर, यहाँ ‘नेता’ को अर्थ साँघुरो राजनीतिक परिभाषामा सीमित छैन । प्रिन्सिपल श्रेष्ठका अनुसार, विद्यार्थी जुनसुकै क्षेत्रमा होस्, चाहे त्यो व्यवस्थापन होस्, विज्ञान होस्, कानुन होस् वा कला, उसले त्यो क्षेत्रको नेतृत्व गर्न सक्ने क्षमता राख्नुपर्छ भन्ने कलेजको मान्यता हो । 

508393594_1271309537952338_491356285103208709_n

उनी भन्छन्, ‘सरसर्ती हेर्दा लिडर्स भन्ने बित्तिकै नेता भन्ने जस्तो बुझिन्छ । तर हाम्रो थिम के हो त भन्दा, विद्यार्थी जुन–जुन तह र तप्कामा पढ्दै जान्छन्, त्यहाँबाट एउटा सक्षम लिडर जन्माउन सकियोस् भन्ने हो ।’

यही अवधारणालाई सार्थक बनाउन कलेजले आफ्ना विद्यार्थीहरूलाई विभिन्न प्लेटफर्म प्रदान गरेको छ । यहाँबाट पास भएका विद्यार्थीहरू आज टेलिभिजन कार्यक्रम र पोडकास्ट सञ्चालन गरिरहेका छन्, प्रतिष्ठित ल फर्म र बैंकहरूमा आफ्नो करियर सुरु गरिसकेका छन् भने कयौँले फुलब्राइट जस्ता विश्वप्रसिद्ध छात्रवृत्ति पाएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइरहेका छन् । हालै कलेजकी छात्रा आकृति खापुङ लिम्बु र स्यारुन वाइबाले अमेरिकामा पढ्नका लागि प्रतिष्ठित फुलब्राइट छात्रवृत्ति पाएका छन्, जसले कलेजको शैक्षिक गुणस्तर र विद्यार्थीको क्षमतालाई प्रमाणित गर्छ ।

  • बियोन्ड दि सिलेबस ः जीवनोपयोगी सीप र व्यावहारिक ज्ञान

आजको ‘जेन–जी’ पुस्ता पाठ्यक्रमको सीमित ज्ञानमा मात्र बाँधिन चाहँदैन । उनीहरूलाई जीवनोपयोगी र व्यावहारिक शिक्षा चाहिन्छ, जसले उनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सकोस् । मनास्लु कलेजले यही आवश्यकतालाई केन्द्रमा राखेर आफ्नो शैक्षिक पद्धति विकास गरेको छ ।

505477715_1199310838872852_1364188174293952490_n

प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘हामी ‘युअर लर्निङ डिपेन्डस अपन युअर लर्निङ’ र ‘युअर नेटवर्थ डिपेन्डस् अपन युअर नेटवर्क’ भन्ने कुरामा विश्वास गर्छौँ । हामी विद्यार्थीको स्किलमा लगानी गर्छौँ, ताकि उनीहरू विश्वको जुनसुकै कुनामा गए पनि सर्भाइभ गर्न सकून् । ग्रेडले मात्र हुँदैन ।’

यसका लागि कलेजले नियमित रूपमा सफ्ट स्किल ट्रेनिङ, पर्सनालिटी डेभलपमेन्ट, कम्युनिकेसन वर्कसप र लिडरसिप बुट क्याम्पहरू आयोजना गर्दै आएको छ । विद्यार्थीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुर, कल्चरल एक्सचेन्ज प्रोग्राम, र फिल्ड भिजिटमा लगेर व्यावहारिक ज्ञान र एक्सपोजर दिइन्छ ।

  • प्रतिभा प्रस्फुटनको उत्कृष्ट मञ्च

मनास्लुमा पढाइका अतिरिक्त विभिन्न क्रियाकलापमा जोड दिइन्छ । त्यसले विद्यार्थीहरूको आफूभित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन सहज हुन्छ । उनीहरूले शिक्षक तथा विद्यालयको सहयोगमा राम्रो गर्न सक्छन् । त्यसका अतिरिक्त विद्यार्थीले यहाँ सिक्ने अर्को अति महत्त्वपूर्ण कुरा भनेको ‘संस्कार’ हो । विद्यार्थीहरू किताबको परीक्षामा अनुत्तीर्ण होलान् तर जीवनको परीक्षामा पास हुनुपर्दछ भन्ने मान्यता मनास्लुको छ । 

विद्यार्थीको अतिरिक्त प्रतिभालाई प्रोत्साहन गर्नु मनास्लुको विशेषता हो । यहाँ खेलकुद, संगीत, नृत्य, कला र अन्य सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि विशेष अवसरहरू छन् ।

511955162_1209867477817188_7963728376043727961_n

खेलकुदः कलेजमा बास्केटबल र फुटसलको नियमित तालिम हुन्छ । एसईईपछिका विभिन्न प्रतियोगिताहरूमा कलेजको टिमले ९५ प्रतिशतभन्दा बढी सफलता हासिल गरेको उनको दाबी छ । 

कला र मोडलिङः कलेजले हरेक वर्ष ‘मिस्टर एन्ड मिस मनास्लु’ प्रतियोगिता आयोजना गर्दै आएको श्रेष्ठ बताउँछन् । जहाँ राष्ट्रिय स्तरका कोरियोग्राफर र ट्रेनरहरूले विद्यार्थीलाई तालिम दिने गरिएको उनको भनाइ छ । 

संगीत र सिर्जनाः कलेजले विद्यार्थीको प्रतिभालाई ब्रान्डिङ गर्न समेत मद्दत गर्दै आएको उनको भनाइ छ । एक विद्यार्थीले कलेजकै बारेमा र्‍याप गीत तयार गर्दा कलेजले लगानी गरेर म्युजिक भिडियो बनाइदिएको थियो । त्यस्तै, लोकदोहोरीमा रुचि राख्ने विद्यार्थीहरूलाई राष्ट्रिय कलाकारसँग मिलेर गीत रेकर्ड गर्ने अवसर दिइएको छ । पोडकास्टमा रुचि राख्ने विद्यार्थी सबिन राईलाई कलेजले स्टुडियो स्थापना गर्न सहयोग गर्‍यो, जुन अहिले निकै सफल छ ।

‘हामी विद्यार्थीलाई उनीहरूले छानेको क्षेत्रमा अब्बल बनाउन चाहन्छौँ,’ श्रेष्ठ भन्छन्, ‘उनीहरूको प्रतिभा नै उनीहरूको पहिचान बनोस् भन्ने हाम्रो चाहना हो ।’

509439234_1209867504483852_3471033407666988967_n

  • सही विषय छनोटमा कलेजको मार्गदर्शन

एसईईपछि कुन विषय पढ्ने भन्ने निर्णयले विद्यार्थीको पूरै भविष्य निर्धारण गर्ने उनको भनाइ छ । अभिभावकको दबाब वा साथीहरूको लहैलहैमा लागेर गलत विषय छनोट गर्दा पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने श्रेष्ठ बताउँछन् । मनास्लु कलेजले यस विषयमा विद्यार्थी र अभिभावक दुवैलाई गहिरो परामर्श दिने गरेको उनको भनाइ छ । 

‘हामी विद्यार्थीलाई भन्छौं– कुरा सबैको सुन्नुहोस्, तर निर्णय आफैँ गर्नुहोस्,’ प्रिन्सिपल श्रेष्ठ आफ्नो अनुभव सुनाउँछन्, ‘म आफैँ पनि आफ्नो समयमा सरकारी स्कुलको टपर भएर विज्ञान पढ्नुपर्ने दबाबका बीच मानविकी पढेको हुँ । आज मलाई आफ्नो निर्णयमा गर्व छ ।’

विषय छान्ने विषयमा अभिभावकहरूलाई आफ्ना छोराछोरीमाथि दबाब नदिन उनको आग्रह छ । उनीहरूको रुचि, क्षमता र सम्भावना पहिचान गरेर सही विषय छनोट गर्न मद्दत गर्न समेत अनुरोध गरे । ‘कुनै अभिभावकले साइन्स नै पढाउनुपर्छ भनेर दबाब दिनुभयो भने म उहाँहरूलाई व्यङ्ग्यात्मक शैलीमै सम्झाएर पठाउँछु । किनभने, विद्यार्थीले आफ्नो रुचिको विषय पढ्न पायो भने मात्र उसले उत्कृष्ट नतिजा दिन सक्छ,’ उनी थप्छन् ।

496253218_1175204181283518_2781766507796480129_n

  • सबैको पहुँचमा शिक्षाः छात्रवृत्ति र शुल्क संरचना

गुणस्तरीय शिक्षा महँगो हुन्छ भन्ने आम धारणालाई मनास्लु कलेजले गलत साबित गर्दै आएको छ । कलेजले विभिन्न विधामा आकर्षक छात्रवृत्तिहरू प्रदान गर्दै आएको छ, ताकि कुनै पनि प्रतिभाशाली विद्यार्थी आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् ।

शिक्षा सबैले पाउनुपर्छ भन्ने मान्यताअनुसार नै बढीभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ । विद्यार्थीहरुले शैक्षिक रुपमा हासिल गरेको दक्षता र अतिरिक्त कृयाकलापहरुमा गरिएको प्रस्तुतिको आधारमा कक्षा ११ मा छात्रवृत्ति नपाएकाहरुले पनि कक्षा १२ मा आशिंक देखी पुर्ण रुपमा छात्रवृत्ति पाउने गरेका छन् । 

‘पैसा नभएकै कारणले हामीले कुनै पनि डिजर्भिङ विद्यार्थीलाई फर्काएका छैनौँ,’ श्रेष्ठ भन्छन्, ‘कलेजले काठमाडौँ महानगरपालिकाले लिने परीक्षा, कलेजको आफ्नै ‘मनास्लु एप्टिट्युड टेस्ट’ (म्याट), एसईईको नतिजा, र विभिन्न निकायको सिफारिसको आधारमा छात्रवृत्ति प्रदान गर्दछ ।’

504139325_1196147115855891_4777744288864835150_n

विश्वकै कान्छो निर्देशक सौगात बिष्टदेखि टिकटकमा चर्चित गंगा–जमुना दिदीबहिनी र राष्ट्रिय फुटबल खेलाडी रश्मि घिसिङजस्ता प्रतिभाहरूले मनास्लुमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको उनको भनाइ छ । शुल्क संरचना पनि एकदमै व्यवहारिक र पहुँचयोग्य बनाएको कलेजको दाबी छ ।

एसईईको नतिजा जीवनको एउटा खुड्किलो मात्र भएको र यो अन्त्य नभई सुरुवात भएको बताए । प्रिन्सिपल राजन श्रेष्ठ सम्पूर्ण विद्यार्थी र अभिभावकलाई कलेज छनोट गर्दा हतार नगर्न सुझाव दिन्छन् ।

‘मनास्लु वर्ल्ड कलेजमा आउनुहोस्, हाम्रो वातावरण, हाम्रो टिम र हाम्रा विद्यार्थीहरूसँग प्रत्यक्ष कुराकानी गर्नुहोस् । हामी तपाईंको छोराछोरीलाई दुई वर्षपछि एउटा प्रमाणपत्र मात्र होइन, एउटा सक्षम, आत्मविश्वासी र सफल व्यक्तिको रूपमा तपाईंको हातमा सुम्पिनेछौँ,’ उनी भन्छन्, ‘हाम्रो लक्ष्य भनेको विद्यार्थीसँग दुई वर्षको मात्र होइन, जीवनभरको सम्बन्ध बनाउनु हो । हामी उनीहरूको करियरको हरेक पाइलामा साथ दिन तयार छौँ ।’

493885305_1167279435409326_4809775585746649815_n

  • स्तरीयको भौतिक संरचना 

अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना यस मनास्लुको अर्को विशेषता हो । कलेजमा अत्याधुनिक सुविधा सम्पन्न भौतिक पूर्वाधार कलेजमा छन् । कक्षाकोठामा एसी, प्रोजेक्टर छन् भने कलेजको आफ्नै होस्टेल पनि छ । स्कुल कलेजका विद्यार्थीहरू कलेजकै होस्टेलमा बसेर पढ्न सक्छन् । 

प्रिन्सिपल श्रेष्ठले आफूहरू सामाजिक क्षेत्रमा पनि थुप्रै काम गर्दै आएको बताए । विभिन्न बालगृह, वृद्धाश्रमलगायतका विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको श्रेष्ठको भनाइ छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कलेज आफ्नो कर्तव्यबाट पछि नहट्ने प्रतिबद्धतासमेत उनले जाहेर गरे । 

यो शिक्षा क्षेत्रमा सक्रिय रहेका युवाहरूले स्थापना गरेको संस्था हो । मरुभूमिमा समेत हरियाली देख्ने सकारात्मक सोच भएका युवाहरूको जमात मिलेर यो संस्थाको स्थापना गरिएको उनको भनाइ छ । नेपालको समग्र शिक्षा प्रणालीमा नयाँपन सहितको विकल्प दिनुपर्छ भन्ने मान्यता आफूहरूको रहेको बताए । 

भोलिको दिनलाई कसरी सुनौलो बनाउने भन्ने अभियानमा जोड्नको लागि मनास्लु वर्ल्ड कलेज रहेको उनको भनाइ छ । 

संस्थागत रूपमा २६ वर्षको अनुभव, आईएसओ सर्टिफाइड गुणस्तर, व्यावहारिक र सीपमूलक शिक्षा, र विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित मनास्लु वर्ल्ड कलेज एसईईपछिको शैक्षिक यात्राका लागि एक उत्कृष्ट र भरपर्दो गन्तव्य बन्न सक्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया