‘ग्रे लिस्ट’बाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् : सांसद शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ‘ग्रे लिस्ट’बाट बाहिर ननिस्कने बताएका छन् ।
सोमबार अर्थ समितिको बैठकमा बोल्दै सांसद शाहीले ग्रे लिस्टबाट मुलुकलाई बाहिर ल्याउन सुनको दर रेट बढाएको भनेर झुट कुरा गरेको बताए ।
आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको थियो ।
विधेयकले भारत गएर सुन किनेर ल्याउ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको उनले जिकिर गरे । शाहीले भने, ‘यो सुन गएर भारतबाट किनेर ल्याउ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो । ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त । सम्पत्ति शुद्धीकरण गर्ने हो । करको दायरामा ल्याउने हो । करको दररेट बढाउने हो ? अलरेडी करको दायरामा छ त सुन । १० प्रतिशत छैन । जो दायरामा छैन, त्यसलाई दायरामा ल्याउने हो । ग्रे लिस्टबाट हट्न सम्पत्ति शुद्धीकरण गर्नुपर्छ ।’
उनले दररेट बढाउनु नेपालको सुन व्यवसायीहरू बन्द गर भन्नु भएको बताउँदै भने,‘हामी कमिसन खान्छौँ, पारीका व्यवसायीलाई फाइदा गर्छौँ भनेको हो ।’
यस विषयमा बैठकले सरकारलाई निर्देशन नदिए नेपालमा १० लाख परिवारको घर उजाडिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण