काठमाडौँ–तराई मधेस द्रुत मार्गको प्रगति ४१ प्रतिशत: मन्त्री राई
सारांश
- रक्षामन्त्री मानवीर राईले फास्ट ट्र्याकको प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिए।
- मन्त्री राईले तराईका जिल्लाहरूमा जग्गा लिने प्रक्रिया सकिएको र केही महिनाभित्रै प्रगति हुने विश्वास व्यक्त गरे।
- बजेट अभावका कारण १८ वर्ष कटेका युवाहरूलाई सेनाको तालिम दिन नसकिएको मन्त्री राईले बताए।
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौँ–तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले यस्तो जानकारी दिएका हुन् । उनले उपत्यका बाहेक तराईका जिल्लाहरूमा द्रुत मार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे ।
मन्त्री राईले बजेट अभावको कारण १८ वर्ष कटेका युवाहरूलाई नेपाली सेनाको लागि तयारी तालिम दिन नसकिएको समेत स्पष्ट पारे ।
उनले भने, ‘काठमाडौँ–तराई मधेस जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ । सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हामी पुग्नेछौँ । म के जानकारी गराउन चाहन्छु भने काठमाडौँ बाहिरको तराईका सबै क्षेत्रको जमिनहरू लिने काम सबै सकिएको छ । यसका सबै प्रक्रियाहरू समाप्त भएको छ । त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ । जलविद्युतहरुको सुरक्षा पनि नेपाली सेनाले गर्छ तर जलविद्युत निर्माण गर्ने कुरा गर्दैन ।’
भविष्य नेपाल सरकारले निर्णय गरेको र आर्थिक रूपमा सबल भएको खण्डमा नेपाली सेनाले बम बनाउने योजना रहेको भएपनि तत्काल कुनै कार्य अगाडि नसारिएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण