६० किलो सुन प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
शुक्रबार टोखाबाट पक्राउ परेकी रोकाविरुद्ध आइतबारदेखि थुनछेक सुरु भएकोमा बहस नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज भने बहस सकिएसँगै धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश अदालतले गरेको हो ।
अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरेकोमा त्यसयता उनी फरार रहँदै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण