नासोंले ल्यायो ३२ करोडको बजेट
पोखरा । मनाङको नासों गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ करोड १ लाखको बजेट ल्याएको छ । साेमबार गाउँपालिकाका उपाध्यक्ष वेद बहादुर गुरुङले गाउँसभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
बजेटले पूर्वाधार निर्माण, कृषि तथा पशुपालन, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा जस्ता क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ ।
बजेटको मुख्य स्रोत सङ्घ र प्रदेशको अनुदानमा केन्द्रित छ । राजस्व बाँडफाँट (सङ्घबाट) ८ करोड २७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने वित्तीय समानीकरण अनुदानका रूपमा ९ करोड ८ लाख, सशर्त अनुदान ८ करोड ८६ लाख प्राप्त हुने अनुमान छ ।
प्रदेशबाट समानीकरण अनुदानमा ६० लाख १९ हजार, राजस्व बाँडफाँटमा ६२ लाख ९६ हजार, सशर्त अनुदान २० लाख, विशेष अनुदान ४०लाख, समपूरक ६० लाख आउने अनुमान छ ।
पालिकाले आन्तरिक स्रोतबाट २५ लाख रुपैयाँ मात्र सङ्कलन हुने अनुमान गरेको छ । बजेटमा खासगरी पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ ।
कृषि भवन निर्माणका लागि २ करोड र स्वास्थ्य चौकी भवनका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी, विभिन्न सडक, कल्भर्ट, पुल र खानेपानी आयोजनाहरूका लागि बजेट छुट्याइएको छ ।
आर्थिक विकासतर्फ कुल १ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ शिक्षा र स्वास्थ्यलाई मुख्य आधार मानिएको छ ।
आवासीय विद्यालयको गुणस्तर सुधार, प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख रुपैयाँ बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । पर्यटन प्रवर्द्धनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य चौकीमार्फत सेवा प्रवाह, निःशुल्क औषधि वितरण र विपन्न तथा असहाय बिरामीलाई उपचारका लागि प्रति व्यक्ति ३० हजार रुपैयाँ आर्थिक सहयोग दिने गरी बजेट बनाइएको छ ।
बजेटमा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ९ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ कर्मचारी तलब भत्ता, कार्यालय सञ्चालन, मर्मत सम्भार, र अन्य प्रशासनिक कार्यका लागि १० करोड २२ लाख रुपैयाँ छुट्याइएको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण