कप्तान रोहितले दोस्रो सिजनको एनपीएल लुम्बिनीबाटै खेल्ने
मङ्गलबार, १० असार २०८२, १० : १५
सारांश
- रोहित कुमार पौडेलले नेपाल प्रिमियर लिगको दोस्रो सिजन लुम्बिनी लायन्सबाट खेल्ने पक्का भएको छ।
- लुम्बिनी लायन्सले रोहितलाई रिटेन गरेको छ र अन्य चार खेलाडीलाई पनि राख्ने जानकारी दिएको छ।
- पहिलो सिजनमा कमजोर प्रदर्शन गरेको लुम्बिनीले यस पटक राम्रो नतिजा ल्याउने योजना बनाएको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन पनि लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।
लुम्बिनी लायन्सले रोहितलाई दोस्रो सिजनको लागि रिटेन गरेको छ । लुम्बिनीले मंगलबार अन्य चार खेलाडीलाई रिटेन गर्ने जानकारी दिएको छ ।
पहिलो संस्करणमा अंक तालिकाको पुछारमा भएर सिजन सकायएको लुम्बिनी यो सिजन भने आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
पहिलो संस्करणमा लुम्बिनीले ७ खेलबाट १ जित निकाल्दै मात्र २ अंक जोडेको थियो । पहिलो सिजनमा एक खेलमा मात्र जित निकाल्ने लुम्बिनी एक्लो टोली हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण