प्रतिनिधिसभामा २३ सांसदका खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस हुने
मङ्गलबार, १० असार २०८२, ११ : १८
सारांश
- प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२ को विनियोजन विधेयकमा सांसदहरूले विभिन्न शीर्षकमा राखेका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत हुने भएको छ।
- आजको बैठकमा २३ जना सांसदहरूले राखेका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ पेश गरिनेछ।
- अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई लगायतका सांसदहरूले खर्च कटौतीका प्रस्ताव पेश गरेका छन्।
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकका लागि तय गरिएको कार्यसूचीमा २३ सांसदले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।
कार्यसूचीमा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेस सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा, नारायणी शर्मा, गंगा कार्की र लेखनाथ दाहालले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण