यी चार कारणले तीन करोडभन्दा कमका योजना बजेटमा समेटिए
काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सङ्घीय आयोजनामा तीन करोड रुपैयाँभन्दा कम विनियोजन हुनुको चार वटा कारण रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार तीन करोडभन्दा कम लागतका क्रमागत आयोजनामा भने त्योभन्दा कम विनियोजन भएको हुनसक्ने बताए । अघिल्लो वर्षको दायित्व भुक्तानी प्रयोजनको लागि मात्रै भएको उनको भनाइ छ ।
त्यस्तै, सङ्घीय सरकारको एकल अधिकारको क्षेत्र रहेका ठाउँमा तीन करोडभन्दा कम लागत हुने अवस्थामा समेत यसरी रकम विनियोजन गरिएको उनले बताए ।
त्यसबाहेक विपद् व्यवस्थापनपछिको पुनर्निर्माणमा पनि तीन करोडभन्दा कम लागत भए त्यसमा सो सीमाभन्दा कम विनियोजन भएको अर्थमन्त्री पौडेलले बताए ।
चालु आर्थिक वर्षको बजेटमा सङ्घीय आयोजनामा तीन करोडभन्दा कम बजेट नहाल्ने नीति लिइएको थियो । उल्लेखित बाहेक अवस्थाका हकमा यो नीतिमा आफू दृढ रहेको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण