प्रधानमन्त्री ओलीले भने, ‘एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ’
मङ्गलबार, १० असार २०८२, १६ : ५४
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले खर्च घटाउन तयार रहेको बताए, यदि एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने।
- ओलीले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्।
- विधेयकमा प्रतिपक्षका सांसदहरूले खर्च कटौतीको प्रस्ताव गरेका थिए।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने खर्च घटाउन तयार रहेको बताएका छन् । विनियोजन विधेयकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘यो साह्रै परम्परागत कुरा भयो, एक रुपैयाँ घटाउने, एक सय रुपैयाँ घटाउने भन्ने । एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ’ ओलीले भने । अहिले संसदमा छलफलको क्रममा रहेको विनियोजन विधेयकमाथि प्रतिपक्षका सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्दैै आएका छन् । प्रतिनिधिसभा नियामावलीमै भएको व्यवस्था अनुसार राखिएका प्रस्तावमाथि ओलीले प्रश्न उठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण