इस्कोनले ४०औँ जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गर्दै
सारांश
- इस्कोनले असार १३ गते काठमाडौंमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ४०औँ रथयात्रा महोत्सव आयोजना गर्ने भएको छ।
- रथयात्रा कमलादीबाट सुरु भई टुँडिखेलमा समापन हुनेछ, जहाँ भगवान जगन्नाथ, बलराम र सुभद्राको रथ यात्रा हुनेछ।
- राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पूजा गर्नेछन् र भक्तजनहरूले रथ तान्ने अवसर पाउनेछन्।
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले असार १३ गते शुक्रबारका दिन राष्ट्रपति रामचन्द्र पौडेलज्यूको प्रमुख आतिथ्यमा ४० औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गर्ने भएको छ ।
उक्त रथयात्रा महोत्सव–कमलादी–घण्टाघर–दरबारमार्ग–पुतलीसडक–प्रदर्शनीमार्ग–भद्रकाली–एनएसी–न्यूरोड–बसन्तपुर–न्युरोड हुँदै टुँडिखेलमा समापन हुनेछ । यसरी सम्पूर्ण नगरवासीहरू भगवान् नामको कीर्तन गरेर भगवान्को आराधना गरी हर्षोल्लासपूर्ण विधिले उत्सव मनाउने गरिन्छ ।
राष्ट्रपतिले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा श्री जगन्नाथ बलदेव सुभद्रा महारानीज्यूको दर्शन गरी पूजामा सहभागी हुनेछन् । बिहान १० बजेबाट सुरु हुने श्रीजगन्नाथ रथयात्राको मूल आकर्षण भगवान् श्रीजगन्नाथ, बलराम र सुभद्राजीलाई विशेष रूपमा सजाइएको भव्य रथमा विराजमान गराई नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा हो । भक्तजनहरूले रथ तान्ने सेवा गर्न पाउने यो दुर्लभ अवसरमा सहभागिता जनाउनु नै स्वयंमा एक आध्यात्मिक सौभाग्य मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण