पर्साको बहुदरमाई नगरपालिकाको ल्यायो ४९ करोड बढीको बजेट
वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मंगलबार ४९ करोड ५२ लाख ४६ हजारको बजेट ल्याएको छ ।
नगरपालिकाको नगरसभामा आयोजित १३ औँ अधिवेशनमा उपप्रमुख सुष्मा कुशवाहाले आगामी आर्थिक वर्षका लागि उक्त रकम बराबरको लागि बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाले कृषि, सिँचाइ, पर्यटन, उद्योग व्यवसाय र सहकारीका लागि ३ करोड २५ लाख ७५ हजार ,मानव विकास र सामाजिक न्यायमा जोड दिँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, संस्कृति प्रवर्द्धन, महिला तथा बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि २१ करोड २५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ ।
नगरको भौतिक संरचना निर्माण तथा स्तरोन्नतिका धेरै बजेट विनियोजन गरेको छ । सडक, पुल, भवन, ऊर्जा, सञ्चार, जलविद्युत र अन्य भौतिक पूर्वाधारका लागि १४ करोड ८४ लाख ११ हजार १०० रुपैयाँ विनियोजन गरिएको छ ।
वातावरणीय सन्तुलन र विपद् प्रतिकार्यमा सहयोग पुर्याउन उद्देश्यले वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ६५ लाख रुपैयाँ छुट्याइएको छ ।
त्यसैगरी नगरपालिकाको आन्तरिक क्षमता अभिवृद्धि र सेवा प्रवाहमा पारदर्शिता बढाउन सुशासन तथा संस्थागत विकासका लागि ९ करोड ५१ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । यसबाट सङ्गठन, मानव संसाधन, संस्थागत विकास र वित्तीय व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा राखिएको छ ।
यी रकम खासगरी सङ्घीय सरकारबाट fgसमानिकरण, सशर्त, विशेष र समपूरक अनुदान तथा राजस्व बाँडफाँडबाट प्राप्त गर्ने उल्लेख गरिएको छ ।त्यसैगरी, प्रदेश सरकारबाट पनि dhgसमानिकरण, सशर्त , विशेष र समपूरक अनुदानका साथै राजस्व बाँडफाँड मार्फत बजेट जुटाइने उल्लेख गरिएको छ ।
आन्तरिक श्रोत अन्तर्गत मालपोत रोयल्टी, बैंक मौज्दात लगायतबाट पनि नगरपालिकाले आय सङ्कलन गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा नगर प्रमुख सिंगासन सा तेली लगायत सम्पूर्ण नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण