प्रस्तावित ओएन्डएम सर्वेको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (ओएन्डएम) सर्वे प्रस्ताव अर्थ मन्त्रालयमा पठाएपछि असन्तुष्टि जनाउँदै दैनिकजसो माइतीघरमा विरोध प्रदर्शन भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले संगठन तथा (ओएन्डएम) सर्वेमा २ हजार १ सय २ जना स्वास्थ्यका जनशक्ति थपिने भएपछि स्वास्थ्यकर्मीहरूले विरोध जनाउँदै आएका हुन् ।
यस्तै मंगलबार पनि नेपाल रेडियोलोजिक सोसाइटीले मन्त्रालयको प्रस्तावित ओएन्डएमकोे विरोधमा प्रदर्शन गर्यो ।
कार्यरत दरबन्दीविहीन रेडियोग्राफरहरूका लागि दरबन्दी सिर्जनाको माग गर्दै विरोध गरिएको नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले बताए ।
प्रदर्शनमा स्वास्थ्य प्रणालीको मेरुदण्ड रेडियोग्राफरको समस्यालाई सुन्ने वेला भएको भन्दै देशभर रेडियोग्राफी जनशक्ति दरबन्दीको सर्वेक्षण गर्न र रेडियोग्राफर तथा टेक्नोलोजिस्ट पदको पदपूर्ति, बढुवा, स्थानान्तरण पारदर्शी बनाउन माग गरिएको छ ।
यस्तै कार्यस्थलमा आवश्यक सुरक्षा सामग्री (जस्तैः टीएलडी, ब्याज, लेड एप्रोन) अनिवार्य गर्न, रेडियोग्राफरहरूको कार्य जोखिम भत्ताको व्यवस्था गर्न माग गरेका छन् ।
यस्तै दृष्टि विशेषज्ञ संघ, डेन्टल एसोसिएसन, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, प्राथमिक तथा आकस्मिक चिकित्सक संघलगायतले पनि ध्यानाकर्षण गराउँदै विरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण