दैलेखको दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड बढीको बजेट
मङ्गलबार, १० असार २०८२, १८ : ५१
दैलेख । दैलेखको दुल्लू नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८ करोड ८१ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार सम्पन्न नगर सभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा उक्त बजेट प्रस्तुत गरिएको हो ।
नगर उपप्रमुख विना कार्कीले सभासमक्ष विनियोजन प्रस्तावसहित १ अर्ब ८ करोड ८१ लाख ४९ हजारको बजेट वक्तव्य प्रस्तुत गरेकी थिइन् । बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकता दिइएको बताइएको छ ।
बैठकमा लेखा समितिका संयोजक रामचन्द्र शर्माले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । बैठकले नगर प्रमुख भरत प्रसाद रिजालले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण