शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्द्रसरोवर गाउँपालिकाको ४१ करोड ७२ लाखको बजेट पारित

मङ्गलबार, १० असार २०८२, २० : २१
मङ्गलबार, १० असार २०८२

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट पारित गरिएको छ । कुलेखानीमा सम्पन्न इन्द्रसरोबरको गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट पारित गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाले गाउँसभामा आगामी आवका लागि ४१ करोड ७२ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेटमध्ये ४ करोड ३८ लाख ३८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट सङ्कलन गरिने र बाँकी रकम सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडबाट जुटाइने उनले बताइन् ।

उनका अनुसार कृषि, पूर्वाधार निर्माण र सामाजिक विकासलाई प्राथमिकता दिँदै बजेट तयार गरिएको उनको भनाई छ । उनले रोजगारी सिर्जना, सुशासन, सेवा प्रवाहमा प्रभावकारिता, भ्रष्टाचार नियन्त्रण, समन्यायिक विकास तथा विभेद र असमानताको अन्त्य जस्ता विषयलाई नीति तथा कार्यक्रममा समेटिएको बताइन् ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सभामा पेस गरेका थिए । 

उनले पर्यटन प्रवर्द्धन, गुणस्तरीय र दिगो पूर्वाधार विकास, प्राविधिक तथा गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा जस्ता कार्यक्रमलाई समेत आगामी वर्षका प्रमुख एजेन्डा बनाएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप