रोशी गाउँपालिकाद्वारा ७२ करोडकाे बजेट सार्वजनिक, एकल पुरुषलाई भत्ता दिइने
काभ्रे । यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७२ करोड ४ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७ औँ अधिवेशनको मंगलबार सम्पन्न बैठकमा पालिकाका अध्यक्ष दिनेश लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाईबाले बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।
रोशीको बजेटको खर्च व्यहोर्नुपर्ने स्रोत तर्फ आन्तरिक स्रोत १ करोड २६ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट २ करोड ५० लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ९ करोड ५० लाख ६० हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ३ करोड ९९ लाख ५६ हजार रुपैयाँ, सङ्घीय समानीकरण अनुदान १० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड ५१ लाख रुपैयाँ, समपूरक अनुदान ९९ लाख र विशेष अनुदान ८९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश समानीकरण अनुदान १ करोड २ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ७० लाख २७ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ८५ लाख रुपैयाँ र विशेष अनुदान ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।
एकल पुरुषलाई भत्ता
पालिकाको सामाजिक विकास नीतिमा ६० वर्ष नाघेका एकल पुरुषलाई सामाजिक भत्ता दिने प्रस्ताव समेत गरेको छ । यसअघि महिलालाई मात्र दिइँदै आएको भत्ता आगामी आर्थिक वर्षबाट एकल पुरुषलाई पनि दिने घोषणा गरिएको हो ।
उनीहरूलाई दोहोरो लाभ नपर्ने गरी सामाजिक संरक्षण कार्यक्रममा समावेश गर्ने घोषणा गरिएको हो ।त्यस्तै, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमालाई पनि आगामी वर्षमा निरन्तरता दिइने भएको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धन सुशासन तथा संस्थागत विकास अन्तर्गत सरकारी कार्यालयहरूमा आयातित कोल्ड ड्रिंक्स (पेयपदार्थ)लाई निरुत्साहित गरिने नीति ल्याइएको छ । त्यसको सट्टा दूध, दही, महीलगायतका स्थानीय पेय पदार्थको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
बैठकमा उपाध्यक्ष वाईबाले बजेटसँगै विभिन्न विधेयकहरू पनि प्रस्तुत गरे। उनले विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२, स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण तथा उपयोगसम्बन्धी विधेयक पेस गरे ।
त्यस्तै, न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन पनि बैठकमा प्रस्तुत पेस गरिएको थियो भने लेखा समिति संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष धनजीत लामाले बेरुजु फर्छाैटका लागि प्रस्ताव पेस गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण