एक सय रोपनीमा अकबरे खुर्सानीखेती
सारांश
- तनहुँको भिमाद नगरपालिकामा सामूहिक अकबरे खुर्सानी खेती सुरु भएको छ, जसले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।
- भानुमति कृषक समूहले १०० रोपनी जग्गामा एक लाख बिरुवा रोपेर वार्षिक ६ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ।
- उत्पादित खुर्सानी पोखरा, भिमाद र खैरेनीटारका बजारमा बिक्री गरिनेछ, र वडा नं ९ ले बिरुवा उत्पादनका लागि अनुदान दिएको छ।
तनहुँ। तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए।
कृषि उत्पादन बढाई वडा नं ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरेको उनको भनाइ छ । उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ । खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक रु छ करोड २५ लाख आम्दानीको लक्ष्य लिइएको छ ।
यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ । हाल बजारमा प्रतिकेजी रु ३०० देखि रु ५०० थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नं ९ ले रु एक लाख अनुदान दिएको थियो ।
उक्त वडाका आठ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण