अपडेट
विशेष अदालतमा माधव नेपाल : आजै निवेदन दर्तादेखि बयान र थुनछेक बहससम्म
बुधबार, ११ असार २०८२, ११ : २०
सारांश
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ। उनले बुधबार दिएको निवेदनका आधारमा इजलासले बयान थालेको हो।
- विशेष अदालतका न्यायाधीशहरूको इजलासमा बयान सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
- पतञ्जलि जग्गा प्रकरणमा मुद्दा दायर भएपछि नेपाल पहिलो पटक अदालतमा उपस्थित भएका हुन्। थुनछेक बहस पनि आजै हुनेछ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार दिएकै निवेदनका आधारमा विशेष अदालतमा उनको बयान सुरु भएको छ ।
विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरु भएको हो ।
विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा माधवकुमार नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यसयता माधवकुमार नेपाल पहिलो पटक अदालतमा उपस्थित भएका हुन् । उनले अदालतमा उपस्थितबारे आजै दिएको निवेदनका आधारमा विशेष अदालतले उनको बयान लिने र थुनछेक बहससमेत आजै तोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण