सरकारकै कारण प्रहरी विधेयक अगाडि बढेन : हितराज पाण्डे
सारांश
- नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको ढिलासुस्तीका कारण सङ्घीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको आरोप लगाए।
- पाण्डेले प्रदेश र स्थानीय तहका नगर प्रहरी बललाई समेट्ने गरी विधेयक ल्याउनुपर्ने र डिजिटल युगलाई सम्बोधन गर्नुपर्ने सुझाव दिए।
- उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक सँगै छलफलमा ल्याउनुपर्ने विचार राखे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारकै ढिलाइकै कारण सङ्घीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको आरोप लगाएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले गम्भीर भएर लाग्न सरकारसँग आग्रह गरे ।
‘सरकारकै कारण विधेयक छिटो छिटो अगाडि बढेको छैन । यसमा गम्भीर रूपमा लियोस् । विधेयकलाई अगाडि बढाउन समितिको सभापतिको पनि ध्यान गएको देखिएको छैन । त्यसमा म ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।
उनले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको विधेयक पनि सँगसँगै छलफलमा ल्याएको भए झन् राम्रो हुने बताएका थिए । साथै प्रस्तावित विधेयकमा प्रदेश र स्थानीय तहका नगर प्रहरी बललाई समेट्ने गरी विधेयक आउनुपर्ने पाण्डेको धारणा थियो । उनले अहिलेको डिजिटललाइज युगलाई सम्बोधन गर्ने गरी विधेयक ल्याउन सुझाव दिए ।
‘डिजिटलाइज युगमा सम्बोधन गर्ने गरी विधेयक आउनुपर्छ । प्रदेशले प्रहरी विधेयक बनाइसक्यो तर सङ्घमा अहिलेसम्म अगाडि बढ्न सकेको छैन । कार्यतालिकै बनाएर लैजाऔँ’, पाण्डेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण