काठमाडौँबाट नक्कली परीक्षार्थी पक्राउ
बुधबार, ११ असार २०८२, १३ : २७
सारांश
- काठमाडौंको जनप्रशासन क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा जुम्लाका केशव रोकाया रहेका छन्, जो अर्काको नाममा परीक्षा दिइरहेका थिए।
- प्रहरीले उनलाई शिक्षासम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ र पाँच दिनको म्याद थप गरिएको छ।
काठमाडौँ । काठमाडौँस्थित जनप्रशासन क्याम्पसमा अर्कैको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्ने व्यक्ति जुम्लाको चन्दननाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया हुन् । उनी हाल काठमाडौँ महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएको प्रहरीको भनाइ छ ।
एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका उनलाई जनप्रशासन क्याम्पसको उजुरीको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनीमाथि शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर हाल अनुसन्धान भइरहेको प्रहरीले बुधबार जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण