कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
पर्सामु। नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिले वीरगञ्जमा असार १३ र १४ गते प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।
कांग्रेस मधेस प्रदेश कार्यसमिति बैठकले प्रदेशभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट कम्तीमा १ महिलासहित ४ जना, प्रदेशसभा निर्वाचन क्षेत्र १ र २ बाट कम्तीमा १/१ जना पर्ने गरी समावेशी सहभागिता गराउने निर्णय गरेको हो ।
प्रशिक्षण कार्यक्रममा १५० जनाको सहभागिता गराउने निर्णय पनि बैठकले गरेको कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा प्रदेश स्तरीय विभिन्न तहको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक भएर जान सक्नेहरूलाई प्रशिक्षण कार्यक्रममा सहभागी गराउने निर्णय गरिएको गुप्ताले जानकारी दिए ।
प्रशिक्षणमा भातृ सङ्गठनका जिल्ला प्रमुखहरूलाई अनिवार्य उपस्थित गराउन पार्टी केन्द्रले सर्कुलर गरेको भन्दै त्यो निर्णय कार्यान्वयनमा ल्याउने निर्णयसमेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण