खेलकुद
दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीकाे जागिरबाट राजीनामा
बुधबार, ११ असार २०८२, १६ : १०
काठमाडौँ । नेपाल प्रहरीमा जागिरे रहेका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले बुधबार राजीनामा दिएका छन् ।
नेपाल पुलिस क्लबबाट लामो समय क्रिकेट खेल्दै आएका उनले राजीनामा दिएको प्रहरीका टिम म्यानेजर श्रवण झाले रातोपाटीलाई जानकारी दिए ।
दीपेन्द्र प्रहरी सहायक हवल्दार पदमा रहेका थिए । दीपेन्द्रको राजीनामा स्वीकृत भएको पनि झाले बताए । २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लामो समय खेल्दै आएका उनको टी–ट्वान्टी क्रिकेटमा ९ बलमा अर्धशतक बनाएको रेकर्ड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण