पतञ्जली जग्गा हिनामिना प्रकरण
पूर्वप्रधानमन्त्री नेपाललाई अदालतले तारेखका लागि साउन १३ गते बोलायो
बुधबार, ११ असार २०८२, २३ : ५४
सारांश
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले साउन १३ गते तारेखका लागि बोलाएको छ।
- पतञ्जली योगपिठसँग सम्बन्धित जग्गा हिनामिना मुद्दामा ३५ लाख धरौटी बुझाएर उनी छुटेका छन्।
- अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसमा हदबन्दीभन्दा बढी जग्गा बिक्रीको आरोप छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले तारेखका लागि साउन १३ गते बोलाएको छ ।
पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा थुनछेक बहसपछि उनी बुधबार ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई विपक्षी बनाउँदै हदबन्दीभन्दा बढी जग्गा कम्पनीका नाममा बिक्री वितरण गर्न दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री नेपाल बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए । बयान र थुनछेक बहसपछि धरौटीमा छाड्दै विशेषले नेपाललाई तारेख म्याद थमाएको छ ।
तारेख मितिपछि मुद्दाको विषयगत सुनुवाइका लागि पेसी तोकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण