सर्लाहीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु, स्थानीयद्वारा आगजनी
सारांश
- सर्लाहीको लालबन्दीमा टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनापछि स्थानीय आक्रोशित भई टिपरमा आगजनी गरेका थिए, जसका कारण टिपरको अगाडिको भाग जलेर नष्ट भयो।
- प्रहरीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लियो र थप अनुसन्धानका लागि टिपरलाई नियन्त्रणमा लिएको छ।
रौतहट । सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीय बासिन्दाहरू आक्रोशित भई ठक्कर दिने टिपरमा आगजनी समेत गरेका छन्।
बुधबार राति ८ बजे जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा निवासी २० वर्षीय सचिन साह गुप्ता गुप्तालाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो । तर चिकित्सकले उनलाई राति ९ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनापछि चालक फरार भएको र टिपर घटनास्थलमै रहेको जानकारी पाएपछि स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरुले टिपर हटाउन अवरोध सिर्जना गरेका थिए। प्रहरीको टोलीले सम्झाउने प्रयास गरे पनि बेलुका करिब पौने ९ बजे भीडले ट्रिपरमा आगजनी गरेका थिए। आगलागीपछि टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट इन्स्पेक्टर वीरेन्द्र सिंह जोहारीको कमान्डमा १३ जनाको टोलीसहित अन्य नजिकका प्रहरी कार्यालयबाट थप टोली खटाइएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
टिपरलाई राति सवा २ बजे क्रेनको सहायताले तानेर जिल्ला ट्राफिक कार्यालय नवलपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण