मुग्लिङ–नारायणगढ सडक २ घण्टा बन्द गरेर सडकमाथिको ढुङ्गा हटाइँदै
बिहीबार, १२ असार २०८२, ०९ : ५१
सारांश
- मुग्लिङ-नारायणगढ खण्डमा सडकमा अड्किएको ढुङ्गा हटाउन दुई घण्टा सडक बन्द गरिनेछ।
- सडक खण्ड बिहान १० बजेदेखि १२ बजेसम्म बन्द गरिनेछ, एसपी नरेश सुवेदीले जानकारी दिए।
- तुइन खोला नजिकै पहिरोको जोखिमका कारण ढुङ्गा हटाउन लागिएको हो।
काठमाडौँ । चितवन स्थित मुग्लिङ–नारायणगढ खण्डमा सडकमाथि अड्किएर बसेको ढुङ्गा हटाउन दुई घण्टा सो सडक खण्ड बन्द गर्ने निर्णय गरिएको छ । आज बिहान १० बजेदेखि १२ बजेसम्म सो सड्क खण्ड बन्द गर्न लागिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
तुइन खोला नजिकै पहिरोको जोखिम भएको हुनाले भिरमा अड्किएको ढुङ्गा हटाउन लागिएको उनले बताए । गतवर्ष चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोका कारण बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।
त्यस्तो घटना न्यूनीकरण गर्न सडकको माथिल्लो भागमा जम्मा भएर बसेको गेग्रान समेत ट्राफिक प्रहरीले स्थानीय निकायको सहयोगमा हटाउन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण