काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा
सारांश
- प्रहरी महानिरीक्षक दीपक थापाले लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए।
- काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको र रोकथाम अभियानलाई सशक्त बनाइएको उनले जनाए।
- प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा गाँजा, अफिम, हिरोइन लगायत लागुपदार्थको बरामदगी बढाएको छ।
काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताए । त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेको बताए । सबै पालिका, सबै तह तप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर अघि बढिरहेको बताए ।
लागुऔषधको डिमान्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको बताए । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए ।
उनले भने, ‘काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको छ । अहिले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभर हामीले लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेका छौँ । हामीले सबै पालिका, सबै तह तप्का र विद्यालय तहमा हामीले लागुऔषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर जाँदैछौँ । सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी हामी नियन्त्रण गर्न सक्छौँ ।’
उनले भने, ‘डिमान्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर हामीले कार्यक्रम बनाउन जरुरी छ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको छ ।’
उनले लागुऔषधको न्यूनीकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताए । लागुऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सृजनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था रहेको बताए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण