दलहरूबिचको किचलोले व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर बन्दै गयो : नेता महर
वीरगन्ज । नेपाली कांग्रेसका नेता नैनसिंह महरले प्रमुख दलहरूबिचकाे आन्तरिक किचलाेले व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर बन्दै गएकाे बताएका छन् ।
बिहीबार वीरगन्जमा नेपाली कांग्रेसले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै नेता महरले यस्ताे बताएका हुन् । नेता महरले सत्ताको खेलले नीतिगत शून्यता जन्माएको समेत बताए ।
केही शक्तिहरू धमिलो पानीमा माछा मार्ने षडयन्त्र गर्दै व्यवस्था परिवर्तनको दिवा सपना कोरिरहेको समेत उनले बताए ।
नेता महरले सरकार र सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै विधायिकी प्रक्रिया ठप्प पारेर देशलाई सङ्कटतर्फ धकेलेको बताए । ‘सरकार कसरी चलिरहेको छ भन्ने कुरा संसदीय समितिले महिनौँ लगाएर टुङ्ग्याएका विधेयकसमेत सदनमा अलपत्र पर्नुले प्रस्ट पार्छ,’ उनले भने, ‘विधायिकी प्रक्रिया ठप्प पारेर सत्ता स्वार्थको खेलमा रमाएको यो गठबन्धनले देशलाई निकास दिनसक्नु पर्दछ ।’
नेता महरले सरकारको उदासीनताले मधेसका आधारभूत समस्या झनै विकराल बनेको समेत बताए ।देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसङ्ख्या भएको मधेस प्रदेशका लागि सङ्घीय बजेट विनियोजनमा कमी कमजोरी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
-
रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण