भाउजूको हत्याको आरोपमा देवरलाई ३५ वर्ष कैद
सारांश
- मकवानपुर अदालतले भाउजूको हत्या आरोपमा एक युवकलाई ३५ वर्ष कैद सजाय सुनाएको छ।
- राहुलले गत चैतमा सुतिरहेकी भाउजू गुडिया दासको हत्या र दाजु रुपेश दासको हत्या प्रयास गरेका थिए।
- अदालतले मृतक गुडियाका हकदारलाई १० लाख क्षतिपूर्ति र एक लाख जरिवाना, साथै घाइते दाजुको उपचार खर्च व्यहोर्न आदेश दिएको छ।
मकवानपुर । भाउजूको हत्या गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक युवकलाई ३५ वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भाउजूको हत्यामा संलग्न हेटौँडा उपमहानगरपालिका–१ चौकिटोल निवासी २२ वर्षीय राहुल दास(देवर)लाई ३५ वर्ष कैद सजाय गर्ने फैसला गरेको हो ।
राहुलले गत चैतमा सुतिरहेको अवस्थामा भाउजू गुडिया दासको हत्या गरेको अभियोगमा न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार उक्त फैसला सुनाइएको हो ।
जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशव कौशिकका अनुसार राहुललाई भाउजू गुडियाको हत्या र दाजु रुपेश दासको हत्या प्रयास अभियोगमा दोषी ठहर गर्दै सो फैसला सुनाएको हो ।
अदालतले गुडियाको हत्या अभियोगमा २५ वर्ष र दाजु रुपेशको हत्या प्रयास अभियोगमा थप १० वर्ष कैद सजायको फैसला गरेको सूचना अधिकारी कौशिकले बताए ।
अदालतले मृतक गुडिया दासको नजिकको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने र एक लाख रुपैयाँ जरिवाना गर्ने आदेश पनि दिएको छ भने घाइते दाजु रुपेश दासको उपचार खर्च पीडकले व्यहोर्नुपर्ने फैसला गरेको हो ।
लागुऔषध सेवन गर्ने गरेका राहुलले गत चैत १२ गते राति राहुलले कोठामा सुतेकी आफ्नी भाउजू गुडिया दासमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनापछि माहिला दाजु रुपेशमाथि पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
राहुललाई भाउजू गुडिया र दाजु रुपेशले पटक–पटक सम्झाउँदै लागुऔषध छोड्न आग्रह गर्दै आएकी थिए । उक्त विषयमा चिढिएर राहुलले भाउजू गुडियालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए भने दाजु रुपेशको हत्या प्रयास गरेका थिए । राहुल हाल भीमफेदी कारागारमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण