यसरी भइरहेको छ बागमती नदी सरसफाइ, तस्बिरहरू
काठमाडौँ । गत वर्ष मनसुनमा विष्णुमती, बागमती, कर्मनासा लगायत नदी किनारका क्षेत्र पटक पटक डुबानमा परेपछि काठमाडौँ उपत्यकाका विभिन्न नदीको सफाइ गरिएको छ ।
गत असोज १० देखि १३ गतेसम्म काठमाडौँ उपत्यकाका ११ स्थानमा ’रेकर्ड ब्रेक’ वर्षा भएको थियो। बागमती र विष्णुमती किनारका क्षेत्र डुबानमा परेका थिए ।
नख्खु खोलाको बाढीले चार जनालाई बगाएको थियो। त्यति बेलाको बाढीले काठमाडौँ उपत्यकाका नदी–खोल्सामा ठुलो मात्रामा नदीजन्य सामग्री र फोहोर थुपारेको थियो ।
यो वर्ष मनसुनमा त्यही अवस्था नदोहोरियोस् भनेर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिका समेतले नदी–खोला खोतलेर फोहोरमैला पन्छाउन थालेको हो ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अहिलेसम्म काठमाडौँका नदी–खोलाबाट एक लाख घन मिटरभन्दा बढी फोहोर र नदीजन्य सामग्री निकालिसकेको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण