हुम्लामा सडक पुगेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्रीले लेखे– दशकौँ पुरानो सपना पुरा हुँदैछ
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लामा सडक पुगेकोमा खुसी व्यक्त गरे।
- हुम्लामा सडक पुगेपछि हिल्सा नाकाबाट नेपाल चीनसँग जोडिनेछ।
- खार्पुनाथमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ, जसको उद्घाटन मौसमका कारण पछि धकेलिएको छ।
काठमाडौँ । राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको एकमात्र जिल्ला हुम्लामा सडक पुगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत हुम्लामा सडक पुर्याउने दशकौँ पुरानो सपना पुरा हुन लागेकोमा खुसी व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हुम्लामा सडक पुगेपछि हिल्सा नाकाबाट नेपाल चीनसँग जोडिने उल्लेख गरेका छन् । हुम्लाको खार्पुनाथमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त पुल प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तयारी भए पनि मौसमका कारण केही पछि सरेको छ ।
हुम्ला सडक सञ्जालसँग जोडिएको अवसरमा प्रधानमन्त्रीले लेखेका छन्, ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमिकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पुरा हुँदै छ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण