विष्णुमतीको बाढीमा बगेकी महिलाको जीवितै उद्धार गर्ने तीन प्रहरीसहित पाँच जनालाई सम्मान
सारांश
- काठमाडौंको ग्राण्डी अस्पताल नजिकै खोलामा खसेको कारबाट बगेकी महिलाको प्रहरीसहित ५ जनाले जीवितै उद्धार गरे।
- उद्धार गर्ने प्रहरी हवल्दार उमेश कुमार लोहनी, प्रहरी सहायक हवल्दार समीर बिक र प्रहरी जवान सुमन थापालाई सम्मान गरियो।
- १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङले पनि उद्धारमा सहयोग गरेका थिए।
काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारसँगै बगेकी एक महिलाको जीवितै उद्धार गर्ने तीन प्रहरीसहित पाँच जनालाई नेपाल प्रहरीले सम्मान गरिएको छ ।
बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले उनीहरूलाई सम्मान एवं पुरस्कार प्रदान गरेका हुन् ।
सम्मान एवं पुरस्कृत भएकाहरूमा प्रहरी प्रभाग टोखामा कार्यरत प्रहरी हवलदार उमेश कुमार लोहनी, प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक हवलदार समीर बिक, प्रहरी प्रभाग टोखामा कार्यरत प्रहरी जवान सुमन थापा रहेका छन् ।
त्यस्तै लमजुङ घर भई जिल्ला काठमाडौँ टोखा बस्ने वर्ष १९ को अर्जुन गुरुङ र सोही स्थान बस्ने वर्ष २९ को राजु तामाङले पनि सहयोग गरेको भन्दै प्रहरीले पुरस्कृत गरेको छ ।
विष्णुमतीमा खसेको बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारमा बगिरहेकी दाङ घर भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीलाई बुधबार राति १० बजे उद्धार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण