बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विष्णुमतीको बाढीले बगाएको कारबाट एक महिलाको उद्धार

बिहीबार, १२ असार २०८२, ०७ : ३५
बिहीबार, १२ असार २०८२

सारांश

  • काठमाडौंको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगायो।
  • प्रहरीले कारबाट एक महिलालाई सकुशल उद्धार गर्‍यो, जो दाङ घर भएर टोखा बस्ने ३४ वर्षीया थिइन्।
  • दुर्घटनामा कारले अर्को भाडाको कारलाई साइड दिने क्रममा माटोमा भासिएर खोलामा खसेको थियो।

काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ  । गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो । 

कारबाट प्रहरीले एकजना महिलालाई सकुशल उद्धार गरेको छ । बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर  भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरिएको  छ । गएराति १० बजे भएको सो दुर्घटनाको उद्धारमा प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापा र ट्राफिक प्रहरी खटिएका थिए । 

सो कारले नम्बर नखुलेको भाडा कारलाई साइड दिने क्रममा ईभीगाडी माटोमा भासिएर खोलामा खसेको थियो । उद्धार गरिएकी महिलाको ग्रिनसिटी अस्पतालमा उपचार हुँदै छ । 

कार कञ्चनपुर घर भएर धुम्बाराही बस्ने ३५ वर्षीय अङ्कुश सिंहले चलाएका थिए । चालक आफैँ कारबाट निस्केर बाहिर आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप