बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षा समिति बैठक

सार्वजनिक विद्यालयमा बालविकास शिक्षा २ वर्षे बनाउनेमा सहमति

शुक्रबार, १३ असार २०८२, १६ : ४१
शुक्रबार, १३ असार २०८२

सारांश

  • शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ, जसले आधारभूत शिक्षामा यसलाई समावेश गर्यो।
  • स्थानीय तहले राष्ट्रिय मापदण्डअनुसार बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछन्।
  • सार्वजनिक विद्यालयमा दुई वर्षे कार्यक्रमको रूपमा बाल विकास शिक्षा सञ्चालन गर्न सकिनेछ।

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ । समितिको जारी बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।

सोही अनुसार समिति सदस्यहरूले उक्त विषयमा सहमति गरेका हुन् । बाल विकास शिक्षालाई आधारभूत शिक्षामा समेटिएको हो । प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा ८ सम्मको विद्यालय शिक्षामा समावेश गरिएको हो ।

बाल विकास शिक्षा सार्वजनिक विद्यालयमा दुई वर्षभन्दा बढीको सञ्चालन गर्न नपाउनेगरी सहमति जुटेको हो । 

बाल विकास शिक्षाको विषयमा जुटेको सहमति  

१. स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछ । ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्नेछ । 

२. स्रोतको सुनिश्चितता गरी नेपाल सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछ । 

३. कुनै पनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई २ वर्षभन्दा बढी अवधि हुने गरी सञ्चालन गर्न पाउनेछैन । 

४. हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्नेछैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप