बजेट निर्माणमा कर्मचारी हाबी भएको मुख्यमन्त्री पाण्डेको स्वीकारोक्ति, कारबाहीको तयारी
सारांश
- गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट निर्माणमा कर्मचारी हाबी भएको स्वीकार गरे।
- अर्थमन्त्रीलाई मन्त्रालयमा बस्न नदिएको र अर्थ सचिवको 'आफ्नै हात जगन्नाथ' भएको गुनासो छ।
- मुख्यमन्त्री कार्यालयले अर्थ सचिव पाण्डेलाई फिर्ता बोलाउने तयारी गरे पनि रोकिएको छ।
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट निर्माणमा कर्मचारी हाबी भएको स्वीकार गरेका छन् । शुक्रबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले केही समयभित्रै त्यसको परिणाम आउने बताए ।
‘बजेट कसरी बन्यो ? निलोकोट हाबी भयो कि ? अर्थमन्त्रीलाई मन्त्रालयमा बस्न दिइएन कि भन्ने कुरा आएका छन्’, उनले भने, ‘यसप्रति अहिले टीकाटिप्पणी गर्नुपर्ने आवश्यकता छैन । यस विषयमा गम्भीर र अति संवेदनशील छु । अहिले केही भन्न चाहन्न, परिणाम आएपछि तपाईंले आफैँ महसुस गर्नुहुनेछ ।’
यसपालिको बजेट निर्माणमा अर्थसचिव राजेन्द्रदेव पाण्डेले ‘आफ्नै हात जगन्नाथ’ गरेको आम गुनासो छ । यस विषयमा रातोपाटीले तथ्य सहित समाचार ‘ब्रेक’ गरेको थियो ।
अर्थ सचिव पाण्डेले बजेट निर्माणका समयमा अर्थमन्त्री डा. टकराज गुरुङलाई कोठाबाट निकालेको होहल्लाबारे पनि संसदमा प्रश्न उठेको थियो । बजेटमा पाण्डेको गृह पालिका भानुमा मात्रै झन्डै ३४ करोडका योजना परेको छ ।
यसमा केही मन्त्रालयबाटै परेका योजना छन् भने अधिकांश अर्थ सचिवको दबाबमा राखिएको बताइएको छ । घटना बाहिरिए लगत्तै मुख्यमन्त्री कार्यालयले पाण्डेलाई अर्थ मन्त्रालयबाट फिर्ता बोलाउने तयारी गरेको थियो ।
यद्यपि झन् बढी टीकाटिप्पणी हुने देखेर रोकिएको हो । स्रोतका अनुसार अर्थ सचिव पाण्डेलाई फिर्ता बोलाउन मुख्यमन्त्री कार्यालय तयार अवस्थामा छ । घटनाको थप छानबिन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण