कति छन् नेपालमा एचआइभी सङ्क्रमित ?
महिला भन्दा पुरूष धेरै
शुक्रबार, १३ असार २०८२, १७ : ५१
काठमाडौँ । नेपालमा एचआइभी एड्स सङ्क्रमितको अनुमानित सङ्ख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको सङ्क्रमण अवस्था रहेको छ । मुख्य जोखिम समूह लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू, महिला यौनकर्मीहरू, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरू, आप्रवासी व्यक्तिहरू रहेका छन् ।
एचआइभी सङ्क्रमितहरू महिला भन्दा पुरुष बढी रहेका छन् । नयाँ सङ्क्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको सङ्ख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताए । उनका अनुसार नेपालमा एचआइभी सङ्क्रमित गर्भवती महिलाको सङ्ख्या २ सय २७ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण